साउन १५ काठमाण्डौं । नेकपा माओवादीको पोलिट्व्युरो वैठक विहानै देखि सुरु भएको छ ।
बिहान साढे आठ वजे पछि पार्टी मुख्यालय वुद्धनगरमा जारी वैठकमा सरकारले माओवादी प्रति वनाएको धारणा, सरकारी तर्फबाट आएका घुमाउरा चेतावनी र निर्वाचन वहिष्कार सम्वन्धी थप कार्यक्रम लगायतका विषयमा छलफल हुन लागेको पार्टी स्रोतले जनाएको छ ।
साउन १० गते माओवादी नेताहरुले नमुना मतपेटिका फुटायर निर्वाचन वहिष्कार अभियानको घोषणा गरेपछि चारदलिय संयन्त्र, सरकार र निर्वाचन आयोगले माओवादी क्रियाकलापको आलोचना गर्दै आएका छन् ।
चार दलिय संयन्त्र र सरकारले पेलेरै निर्वाचन गराउने सोच वनाएपछि त्यस विरुद्धको रणनीति तय गर्न माओवादीले पोलिटब्युरो बैठक बोलाएको हो ।
Comments