किरण कुमार कर्ण
साउन १५ । धनुषाको हरिणय गाविसका एक महिला सामूहिक बलात्कारको शिकार भएकी छिन ।
अन्दाजी ५ बर्षिया एक छोरीको आमा वर्ष २३ कि कुन्तीदेवि (परिवर्तित नाम) सामुहिक रुपमा बलात्कारको शिकार भएकी हुन ।
आईतबार राति करिब ११ बजेको समयमा महिला सुतिरहेको बेलामा बांसको फाटक (ढोका) तोडेर घरमा पसि अज्ञात पांच जनाका समूहले उनलाई जवर्रजस्ती करणी गरेको पीडित महिलाले बताईन ।
पीडित महिलाले दिएको जानकारी अनुसार बांसको कमजोर फाटक तोडेर आएका व्यक्तिहरुले हातगोडा बांधी मुख समेत थुनेर सामूहिक बलात्कार गरेको हो । मुख थुनेपछि आफुले प्रतिकार समेत गर्न नसकेको गुनासो पीडिता महिलाको छ । कसैले हात गोडा समातेको त कसैले मुख च्यापेर बोल्न समेत नदिई आफुलाई मरासन्न गरि कुटपीट समेत गरेको दुखेसो उनले पोखिन ।
पांच जना मध्ये एक जनालाई मात्र आफुले चिन्न सकेको र अध्यारोको कारण आफुले अरु कसैलाई चिन्न नसकेको पीडत महिलाले जानकारी दिईन । उनले चिनेको व्यक्ति सोही गाउंको देवेन्द्र यादव भन्ने रहेको र हाल उ यदुकुहा ईलाका प्रहरी कार्यालयमा नियन्त्रणमा रहेको बताईएको छ ।
श्रीमान् वैदेशिक रोजगारीमा रहेको पीडित महिला छोरी तथा ससुरा संग बस्ने गरेकी छिन भने घटना भएको दिन ससुरा पनि काम बिशेषले बाहिर गएकोले सो दिन उनी आफ्नो छोरीसंग घरमा एक्लै रहेको मौका छोपी बलात्कारको घटना भएको उनका कान्छी सासु गाालो देवी मंडलले जानकारी दिईन । सासुसंगै न्यायको लागि गुहार माग्दै जिल्ला प्रहरी कार्यालय धनुषा पुगेकी पीडिता महिला अहिले महिला तथा बालबालिका सेलमा महिला प्रहरीहरुले प्रारम्भिक चेकजांच गर्दा उनीसंग सामुहिक बलात्कार भएको जिउमा निलडामहरु प्रष्ट देखिएको र उनको लुगा फाटोमा समेत जताततै दाग लागेको देखिएको प्रहरी स्रोतले जनाएको छ ।
सासु मंडलले बताए अनुसार बलात्कार गर्नेहरुले उनको कानको बाली गरगहना तथा श्रीमानले विदेशबाट पठाएको १० हजार नगद समेत लुटेर लगेको छ । यता प्रहरीले पीडिता महिलाको मेडिकल परीक्षणको लागि पठाईएको र घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जनाईएको छ । स्मरणीय छ कि गत एक वर्ष भित्रमा धनुषामा एक दर्जन भन्दा बढि बलात्कारका घटना भईसकेको छ ।
सो घटना विरुद्ध जिप्रकामा उजुरी परेको छ । उजुरीको आधारमा प्रहरीले अदालतमा समेत मुद्दा दायर गरिसकेको र अदालतमा सुनुवाई ढिलो हुंदा पीडितहरुले न्याय नपाउने दोषीहरु सजिलै उम्किने गरेको कारणहरुले गर्दा बलात्कारको घटनामा तिब्र रुपमा बृद्धि हुंदै गएको हो ।