साउन १५ । राजधानीमा जारी १६ वर्ष मुनिको दोस्रो साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारतबीचको भिडन्त हुँदैछ ।

आज दिँउसो साढे ३ बजे दशरथ रंगशालामा हुने खेलमा नेपाल जित हासिल गर्ने लक्ष्यका साथ उपाधी कब्जाका लागि मैदानमा उत्रिने छ । अहिले जारी प्रतियोगीतामा सबैभन्दा उत्कृष्ट फर्ममा रहेको नेपालले घरेलु मैदानमा दशौ हजार समर्थकहरुका बीच खेल्ने छ ।

अघिल्लो संस्करणको सेमिफाइनलमा नेपाल पेनाल्टी सुटआउटमा भारतसगँ पराजीत भएकाले पनि यसपटक नेपाल र भारतको उपाधी भीडन्त रोमाञ्चक अपेक्षा गरिएको छ । यो उपाधी नेपालले जीतेमा नेपालले २० वर्ष यता फुटबलमा हासिल गर्न नसकेको उपलब्धी हात पार्ने छ ।

फाईनल खेल अघि दिउसो साढे १ बजे अफ्गानीस्तान र बंगलादेशबीच तेस्रो स्थानका लागि खेल हुने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।