साउन १५ । नेकपा–माओवादी नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले सरकार र चार दलसँग वार्तामा बस्ने या नबस्ने विषयमा आज निर्णय गर्ने भएको छ ।

वार्ताका लागि पठाईएको पत्रमा ३३ दललाई संवोधन नगरेको भन्दै वार्तामा जाने नजाने विषयमा छलफल भए पनि हिजो कुनै निष्कर्ष निस्कन नसके पछि आज दिउसो १ बजे पछि पुनः बैठक बसेर निर्णय गरिने मोर्चाले जनाएको छ ।

बैठकमा निर्वाचनमा सहभागीता, बहिष्कार आन्दोलनको रणनीति सबै विषयमा छलफल हुने बताईएको छ । साथै यदी निर्वाचन बहिष्कार गरिएमा दमन गर्ने सरकारले लिएको नीतिबारे पनि ३३ दलभित्र छलफल हुने त्यस विषयमा पनि निर्णय गरिने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।