साउन १५ । एकीकृत नेकपा माओवादी भित्र डा. बाबुराम भट्टराई निकट मानिने नेता टोप बहादुर रायमाझीले पूर्वराजाले आफूले लुटेको सम्पत्ति बाँडेको आरोप लगाएका छन् ।
क्रान्तिकारी पत्रकार संघ कैलालीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पूर्वराजाले बाढी पीडितलाई आफूले लुटेको सम्पत्ति बाँडिरहेको बताएका हुन् ।
अढाई सय वर्षे राजतन्त्रका कारण नै मुलुकमा बाढी लगायतका समस्या उत्पन्न भैरहेको भन्दै उनले बाढीको समस्यामा परेका केही व्यक्तिले राहत पाउने आशामा नाराबाजी गर्दैमा उनको पक्षमा जनलहर भन्नै नमिल्ने जिकिर गरे ।
कार्यक्रममा उनले नेकपा–माओवादीले राष्ट्रियताका सवालमा पूर्वराजासँग पनि सहकार्य हुन सक्ने भनि गरेको प्रचारलाई रायमाझीले राष्ट्रघात हुने बताए ।
Comments