साउन १४ । तपाईले खाना बनाउने बेलामा कतै ग्याँसको गन्ध आएको थाहा पाउँदा पाउँदै पनि त्यसलाई हेलचेक्य्राई गर्नु भएको त छोइन नि ?

त्यसरी ग्याँसको गन्ध आएको थाहा पाउनु भयो भने होस् गर्नुहोस् ! ग्याँस लिक पनि भएको हुनसक्छ ।  ग्याँस हो अलिअलि गन्ध त आईजान्छ नि भनेर त्यतिकै नबस्नुहोस् । त्यसले दुर्घटना समेत निम्त्याउन सक्छ ।
काठमाडौ महाराजगञ्जको एक गेष्ट हाउसमा सोमबार बिहान पनि यस्तै एक घटना घटेको छ । रामचन्द्र हुमागाँइको क्याफे एण्ड गेष्ट हाउसमा ग्याँस लिक भएर आगो लाग्दा त्यहाँ दुई जना घाइते हुन पुगेका छन् ।

फोटो फाइल

आगलागीमा परी हुमागाईंकी श्रीमती ५१ वर्षीया रञ्जु र त्यहीँ काम गर्ने ४५ वर्षिय नरेन्द्र बस्नेत घाइते भएका हुन् ।
घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

भान्छाघरमा ग्यास लिक भएर दुईवटा सिलिण्डर पड्किदा आगलागी भएको बताइएको छ ।

उक्त दुर्घटनामा ६ लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

 सिलिण्डर ग्याँसको गन्ध आउने गरेमा त्यसलाई प्रयोग गर्नु उचित मानिदैन । बेला-बेला आफ्नो ग्याँस सिलिण्डर चेक जाँच गर्नु राम्रो मानिन्छ । त्यस्तै खाना तथा खाजा बनाईसकेपछि ग्याँस बन्द गरेर राख्दा सुरक्षित मानिने सरोकारवालाहरु बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।