साउन १४ । इराकको राजधानी बग्दादका विभिन्न स्थानमा आज भएका कारबम विस्फोटमा परी ४८   जनाको  मृत्यु भएको छ ।उक्त विस्फोटको क्रममा  सयौ व्यक्ति घाइते भएका  बिबिसीले जनाएको छ ।

बग्दादको  विभिन्न स्थानमा गरी १० स्थानमा कारबम विस्फोट भएको अनतराष्टिय सन्चार माध्यमले जनाएका छन ।  बम कारमा  लुकाएर राखिएर विष्पोट गराइएको थियो । पाँचवटा कार बम सिया मुसलमानहरुको  बाहुल्यता भएको क्षेत्रमा   विष्पोट  भएको थियो । विष्पोटनमा सुन्नी  समुदायको हात रहेको अनुमान गरीएको छ ।
त्यसैगरी इराकमा यस बर्षको सुरुदेखि  हालसम्म भएका बिभिन्न आक्रमणमा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको  जनाइएको  छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।