तिनाउ नदीले बगाउदा दुई जनाको ज्यान गयो

साउन १४ – बुटवलको तिनाउ नदीले बगाउदा  दुई जनाको  ज्यान गएको छ ।

मुत्युहनेमा रुपन्देही देवदह- ६ की ६५ वर्षिय चन्द्रकला सर्बुजा मगर र नवलपरासीको देउरालीकी ३५ वर्षिय जइसरा क्षेत्री रहेको इलाका प्रहरी कार्यालय वुटवलले जनाएको छ ।

 उनीहरुको शव शंकरनगर- ५ को सुकुम्वासी वस्ती छेउबाट प्रहरीले  भेटाएको  छ ।