साउन १४ । महोत्तरीको ससौलबाट अपहरणमा परेका ब्यवसायी विक्रम सहनीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
महोत्तरीकै सरपल्लो -७ का २१ वर्षका शहनीको शव ससौल -४ मा रहेको रामानन्द यादवको खेतमा मृत्य अवस्थामा भेटिएको महोत्तरी प्रहरी कार्यलयले जानकारी दिएको छ ।

१० लाख रुपैयाँ फिरौती दिन नसकेपछि शहनीको हत्या गरिएको अनुमान गरीएको छ । स्थानीय पोखरभिण्डा बजारमा माछा बेचेरे मोटरसाइकलमा घर फर्कने क्रममा शहनीलाई अपहरणकारीले अपहरण गरेका थिए।
अपहरणकारीको खोजी कार्य जारी रहेको र घटनाको थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरिक्षक रामप्रसाद श्रेष्ठले बताएका छन ।
यसैबिच व्यावसायी विक्रम सहनीको हत्या भएको बिरोधमा बर्दिवास–जलेश्वर सडकखण्डस्थित सरपल्लो बजार स्थानीयले बन्द गराएका छन । बन्दबाट बजार पनि ठप्प गराएइएको छ भने सवारी साधन चलन दिएको छैन । जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूहले सुराकीको आरोपमा सहनीलाई गएराति गोली हानेर हत्या गरेको स्थानीयले आशंका गरेका छन ।
Comments