हात्तीको दाह्रासहित एक चिनियाँ नागरिक पक्राउ

साउन,१४ । हात्तीको दाह्रासहित एक चिनियाँ नागरिकलाई प्रहरीले  पक्राउ   गरेको छ ।
काठमाडौबाट तातोपानीतर्फ जाँदै गरेको बा १० च ५२०७ नम्बरको बलेरो जिपमा जाँच गर्नेक्रममा सशस्त्र प्रहरीले अरनिको राजमार्गको अँधेरीबाट चिनियाँ नागरिकलाई  पक्राउ गरेको  जनाएको छ ।
 चिनियाँ  नागरीक यु साइसुई  नाम भएको र पासपोर्ट नं E ११२९०४६२ र हात्तीको दाह्रासहित प्रहरीलेपक्राउ गरेको हो ।
पक्राउ परेका साइसुईलाई जिल्ला वन कार्यालय सिन्धुपाल्चोकमा  राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।