साउन १४ । भारतको दार्जिलिङमा ७२ घण्टे बन्दको घोषणा गरिएको छ । गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङमा पत्रकार सम्मेलन गरी गोर्खाल्याण्ड राज्य नपाएसम्म आन्दोलन जारी रहने भन्दै बन्दको घोषणा गरेको मोर्चाका अध्यक्ष विमल गुरुङले बताएका छन ।साथै यस आन्दोलनलाई निष्कर्षमा लौजानका लागिकार्यकर्तालाई निर्देशन दिएका छन ।
यसैगरी बन्द अनिश्चित कालीन हन सक्ने बताउदै जनतालाई चाहिने खाद्यान्नको जोहो गरिराख्न पनि उनले सबै दार्जिलिङवासीलाई अनुरोध गरेका छन । । भारतले आन्ध्र प्रदेशबाट तेलंगानालाई अलग्गै राज्य बनाउने निर्णय गर्न लागे लगत्तै गोर्खा जनमुक्ति मोर्चाले पनि लामो समयदेखिको छुट्टै गोर्खाल्याण्डको माग सहित बन्द घोषणा गरेको हो ।
Comments