साउन १४ ।विद्युत महसुल निर्धारण आयोगले २० युनिटसम्म विद्युत् खपत गर्ने साना ग्राहकको महसुल दर सीमा हटाएर खपतका आधारमा निर्धारण गर्ने जनाएको छ ।
एउटै दरमा महसुल लिँदा कम खपत गर्ने साना ग्राहकलाई मर्का परेको भन्दै आयोगले फ्ल्याट दर खारेज गर्न लागेको हो । यसका लागि उसले सरोकारवालासँग छलफल थालेको बताएको छ ।

 यस  अघि प्राधिकरणले २० युनिट विद्युत् खपत नगरे पनि साना ग्राहकबाट मासिक न्यूनतम ८० रुपैयाँ महसुल तिर्न बाध्य बनाएको  थियो । न्यूनतम ५ युनिट खपत गर्ने ग्राहकले पनि प्राधिकरणलाई मासिक ८० रुपैयाँ  बझाउने गरीएको थियो ।

 ५ युनिट र २० युनिट खपत गर्ने ग्राहकलाई एउटै दर निर्धारण गर्दा न्यायसंगत देखिएन’ आयोग अध्यक्ष गणेशप्रसाद सुब्बाका अनुसार सीमा हटाएर खपतका आधारमा निर्धारण गर्न लागिएको हो ।
प्रतियुनिट ६ वा ७ रुपैयाँमध्ये एउटा दर निर्धारण गर्ने सोचाइ छ, सरोकारवालासँग छलफल गरेर टुंगो लगाइने  बताए । आजको कारोबार दैनिकमा खबर छ 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।