साउन  १४ । नवलपरासीको दलदले–बुलिङ्टार सडकखण्डअन्तर्गत बोझा पोखरीमा  गए राती जिप पल्टिँदा दुई जनाको मुत्यु भएको  छ  भने चार जना  गम्भिर घाइते भएका छन् ।

कावासोतीबाट बुलिङ्टारका लागि हिँडेको बा२च ३९६३ नम्बरको जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर  थियो  ।
 दुर्घटनामा मृत्यु हुनेमा कावासोतीका नन्दु न्यौपाने र प्रकाश बस्याल रहेका छन ।  दुर्घटनामा परी बुलिङ्टारका मणिराम तिवारी, सुसान तिवारी, कावासोतीका राजकुमार सिग्देल र रामजी कुँवर घाइते भएको  कावासोती प्रहरी कार्यलयले  जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।