साउन १३ । नेपाल वान टेलिभिजनमा कार्यरत एक कार्यक्रम सञ्चालिकामाथि यौन दुर्व्यवहार भनिएको घटना कम्पनीको बद्नामी र व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले मात्रै भएको भन्दै टेलिभिजनले निन्दा एवं घोर भत्र्सना गरेको छ ।
घटनापछि कम्पनीको कार्यालयमा बसेको व्यवस्थापक तथा सञ्चारकर्मीहरु संयुक्त बैठकले घटनाप्रति निन्दा एवं घोर भत्र्सना गर्दै उक्त घटना कम्पनीको बद्नामी र व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले मात्रै भएको ठहर गरेको हो ।
बैठकपछि नेपाल वान टेलिभिजन नेपाल ब्यूरो प्रशाशन प्रमुख सुबोध बगालेद्धारा जारी विज्ञप्तिमा घटनाको छानबिन गरी दोषी उपर कारबाही र पीडितहरुलाई न्याय दिलाउन सञ्चारगृहले सबैलाई अनुरोध समेत गरेको छ ।
यसअघि विगत चार वर्षदेखि सो टेलिभिजनमा भोजपुरी कार्यक्रम सञ्चालन गर्दै आएकी रेणुका कँडेलले नेपाल प्रमुख सुन्दरसिंह विधुरीले आफूमाथि दुर्व्यवहार भएको भन्दै विज्ञप्ति जारी गरेर कारबाही गर्न माग गरेकी थिइन् ।
त्यसपछि टेलिभिजनले भने यस्तो विज्ञप्ति जारी गरेको छः
Comments