चक्र बहादुर के.सी/प्यूठान
साउन १४ । प्यूठान जिल्लामा गैरसरकारी संघसंस्थाहरु स्थापना हुने क्रम बढेको छ । विभिन्न बहानामा संस्था दर्ता गर्ने गरेपनि अधिकांस संस्थाहरु वर्षौ देखि नविकरण नभएको पाईएको छ ।
संस्था दर्ता गर्ने र नविकरण नगर्ने प्रवृत्ती बढेको जिल्ला प्रशासन कार्यालय प्यूठानले जानकारी दिएको छ ।
प्यूठान जिल्लामा समाज सेवा तथा अन्य क्षेत्रमा योगदान दिने उदेश्यले दर्ता भएका गैरसरकारी सस्थाहरु बर्षौ देखी नविकरण नभएको पाइएको छ ।
प्यूठान जिल्लामा २०७० आषाढ मसान्त सम्म २५७ वटा गैरसरकारी संस्थाहरु दर्ता भएको जिल्ला प्रशासन कार्यालय प्यूठानका शाखा अधिकृत भुपबहादुर पुनले जानकारी दिए ।
प्यूठान जिल्लामा गैर नाफामुखी उदेश्यले संस्था दर्ता गर्ने गरेको तर कुनै पनि कार्यक्रम संचालन गर्न नपाउने तथा नाफा नहुने भएपछी पैसा खर्च गरेर संस्था नविकरण नगर्ने गरेको गैरसरकारी संस्था महासंघ प्यूठानका सचिव रमेश कुमार श्रेष्ठले बताए ।
प्यूठान जिल्लामा यती ठुलो परिमाणमा संस्था दर्ता भएतापनि नविकरण नगर्ने प्रवृति वढिरहेको छ । संस्था नविकरण नगर्दा कुनै कारवाहीको प्रक्रिया नभएको शाखा अधिकृत भुप बहादुर पुनले बताए ।
प्यूठानमा दर्ता भएका अधिकांश गैरसरकारी संस्थाहरु नाफा मुखी भएकोले दर्तागरेता पनि नविकरण नगर्ने गरेको अधिकृत पुनले बताए । दर्ता गरेको गैरसरकारी संस्थालाई नविकरण गर्दा रु ५०० नविकरण शुल्क लाग्ने र बषौैदेखि नविकरण नगरेको गैरसरकारी संस्थाले नविकरण गर्न चाहेमा प्रतिवर्ष रु ५०० का दरले जरिवाना तिरेमा जुनसुकै समयमा पनि नविकरण गर्न सकिने अधिकृत पुनले बताए ।