साउन १३ । कञ्चनपुर बाढी पीडितहरुलाई हिमानी ट्रष्ट मार्फत राहत वितरण गर्न आईतवार महेन्द्रनगर पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले देश बचाउन जनता जाग्नुपर्ने बताएका छन् ।

उनको पक्षमा भएको बाढी पीडितहरुको चर्को नाराबाजीका बिच संक्षिप्त प्रतिक्रिया दिँदै ‘राजा आउ, देश बचाउ’ भन्दै चर्का नाराबासी गरिरहेका बाढी पीडितहरुलाई उल्टै ‘जनता आउ, देश बचाउ’ भनेका थिए ।

राहत वितरणका लागि महेन्द्रनगरस्थित मझँगाउ एयरपोर्ट पुगेका शाहले निर्वाचन आयोगकको आचार संहिताका कारण आफ्नो हातबाट राहत दिन नपाएको बताए ।
राहतसहित त्यहाँ पुगेकी हिमानी कोषका अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका शाखा अधिकृत खिमानन्द पाठकलाई राहत सामग्री हस्तान्तरण गर्दै सो राहत पीडितसम्म पु¥याउन आग्रह गरिन ।

कोषकी सचिब बिजया लक्ष्मी राणाले निर्वाचन आयोगकले राहत वितरणमा बन्देज लगाएको भन्दै राहत जिल्ला दैविक प्रकोप उद्धार समिती मार्फत वितरण गरिने जानकारी दिए । यता बाढी पिडितहरुले राहत जिल्ला दैविक प्रकोप उद्धार समितीको जिम्मामा लगाएको प्रति आक्रोस व्यक्त गरेका छन ।

उनीहरुले स्वयम् पूर्व राजाले नै राहत वितरण गर्नुपर्ने भन्दै नाराबाजी गरेपनि शाहले भने राहत वितरण गरेनन् । हिमानी कोषले कञ्चनपुरका बाढी पीडितहरुका लागि १३ सय ७ ब्याक राहत हस्तान्तरण गरेको छ । राहतका लागि महेन्द्रनगर पुगेका राजपरिवारका सदस्यहरु आजै धनगढी फर्किएका छन । यस्तै दिनेश गुप्रले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ ।

दिनेश गुप्रमा काम गर्ने कर्मचारीको एक दिनको तलवबाट संकलन भएको २५ हजार ९ सय र बाँकी ग्रुपका निर्देशक श्याम हमालले आफ्नो तर्फबाट थप गरि ५१ हजार रुपैयाँ बराबरको राहत प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकलाई हस्तान्तरण गरेका थिए ।

यसैबीच. धनगढीमा रगत अभाव भएपछि दिनेश ग्रुपले आईतवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष साउन महिनाको बार्षिक कार्य तालिका अनुसार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।