साउन १३ । गुण्डा नाइके भनेर चिनिने दिनेश अधिकारी उर्फ चरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपा एमालेले गरेको धादिङ बन्द फिर्ता भएको छ ।
बन्दको चौतर्फी विरोध भए पछि एमालेले दवाव पछि बन्द फिर्ता लिएको हो ।
बन्द फिर्ता भए पछि पृथ्वी राजमार्ग हुँदै चल्ने र आसपासका सहायक मार्गमा आवागमन सुचारु भएको छ । अधिकारी धादिङ एमालेमा आवद्ध भएकाले सो पार्टीले धादिङ बन्द गराएको हो ।
आज बिहानदेखि एमाले कार्यकर्ताले पृथ्वी राजमार्गका बिभिन्न ठाउँ र सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेर गाडी चल्न रोक लगाएपछि यात्रुको विचल्ली भएको थियो ।
अधिकारीलाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।
Comments