एमाओवादीका केन्द्रीय सदस्य जोगबहादुर महराले पाल्पाको तानसेनमा भएको एक कार्यक्रममा आज बिहान यस्तो सुझाब दिएका हुन् ।
पूर्ब सभासद समेत रहेका उनले नेताहरुले जथाभावी बोल्दा सहमति र समझदारीमा अप्ठेरो पर्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे ।
प्रचण्डले हिजो मात्रै नेकपा–माओबादीलाई लक्षित गरेर चुनाब भाड्न केही स्यालहरु गाउँ पसेको र तिनीहरुलाई सिंह बनेर परास्त गर्न निर्देशन दिएको भोलीपल्ट उनले यस्तो बताएका हुन् ।
पार्टीलाई एक भएर अघि बढाउने बेलामा पदै छोडेर बाहिर बस्दा कार्यकर्तामा नकारात्मक असर परेको भन्दै उनले अहिलेको अबस्थामा बाबुराम भट्टराईले पदबाट राजीनामा दिनु गल्ती भएको समेत बताए ।
सोही कार्यक्रममा नेकपा–माओबादीका केन्द्रीय सदस्य बसन्त घर्तीले भने सेना लगाएर चुनाब गर्न खोजिएको भन्दै त्यसप्रति कडा आपत्ति जनाए । सेना लगाएर चुनाव गराउन खोजेकाले त्यसको प्रतिरोध गर्न दस्ता खडा गरेको खुलासा समेत उनले गरे ।