साउन १३ । भारतीय व्यवस्थापनमा सञ्चालित तिनकुने सुविधानगरमा रहेको नेपाल वान टेलिभिजनकी एक कार्यक्रम सञ्चालिकामाथि यौन दुर्व्यवहारको विषयले खैलाबैला मच्चिएको छ ।

उक्त टेलिभिजनमा कार्यक्रम सञ्चालिकाको रुपमा कार्यरत रेणुका कँडेलले आफूमाथि यौन दुर्व्यवहार भएको भनेर विज्ञप्ति नै जारी गरेपछि घटनाले उच्च रुप लिएको हो ।

यौन सम्बन्ध कायम गर्न नमानेकै कारण भन्दै विगत चार वर्षदेखि सो टेलिभिजनमा भोजपुरी कार्यक्रम सञ्चालन गर्दै आएकी कँडेललाई आजैदेखि जागिरबाट निकालिएको बताइएको छ ।

टेलिभिजनमा कार्यरत हुँदा नेपाल वान टेलिभिजनको नेपाल प्रमुख सुन्दरसिंह विधुरीले पटकरपटक यौन प्रस्ताव राख्ने गरेको र पछि विवाहित पछि पनि विभिन्न प्रलोभन देखाएर यौनप्रस्ताव गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

रेणुकाले कोठामा एक्लै भएको बेलामा आएर टासिन खोज्ने र अश्लील कुराहरु गर्न खोज्ने गरेको पनि उल्लेख गरेकी छन् ।

आफुमाथि यस्तो भएपछि सम्बन्धित निकायमा उजुर गरे पनि सुनुवाई नभएको रेणुकाको भनाई छ । नयाँ दिल्लीस्थित हेडअफिसबाट नेपाल चिफको जिम्मेवारी पाएर काठमाडौंमा रहेका विधुरीले फेसबुकबाट पनि प्रत्यक्ष अप्रत्यक्ष द्विअर्थी र मौखिक रुपमा भद्दा कुरा गर्ने गरेको पनि आरोप लगाइएको छ ।

फोटोमा रेणुका, स्रोत सामाजिक सञ्जाल

रेणुकाले कोठामा एक्लै भएको बेलामा आएर टासिन खोज्ने र अश्लील कुराहरु गर्न खोज्ने गरेको पनि उल्लेख गरेकी छन् । आफुमाथि यस्तो भएपछि सम्बन्धित निकायमा उजुर गरे पनि सुनुवाई नभएको रेणुकाको भनाई छ ।

तर, नेपाल वान टेलिभिजनले भने उक्त कुराको खण्डन गरेको छ । नेपाल वान टेलिभिजनका प्रशासन प्रमुख सुबोध बगालेले फोनमार्फत रेणुकाले भने जस्तो टेलिभिजन नेपाल प्रमुख सुन्दरसिंह विधुरीले रेणुकालाई केही पनि नभनेको तर संस्थामाथि नै आँच आउने गरी कपोकल्पित र भ्रामक तरिकाले विज्ञप्ति जारी गरेको बताएका छन् ।

यता रेणुकाले जारी गरेको विज्ञप्तिमा पनि ‘म बस्ने कोठामा एक्लै भएको बेलामा आएर टासिन खोज्ने र अश्लील कुराहरु गर्न खोज्ने गरेका थिए’ भनेर उल्लेख गरेकी छन् । तर उनको कोठामा विधुरी कसरी पुगे भन्ने बारे भने खुलाइएको छैन । जसले घटनालाई रहस्यमय बनाईदिएको छ ।

उक्त विज्ञप्ति भने यस्तो रहेको छ ।

प्रेस विज्ञप्ति

म विगत चार वर्षदेखि नेपाल वान टेलिभिजनमा भोजपुरी कार्यक्रमको सञ्चालकको रुपमा कार्यरत्त रहादै आएकी छु । संस्थामा काम गर्दा म अविवाहित थिए । संस्थामा भारतस्थित हेडअफिसबाट नेपालचीफको रुपमा पठाइएका सुन्दरसिह विधुरीले मलाई फेसबुकबाट अप्रत्यक्षरुपमा द्विअर्थी र मौखिकरुपमा भद्दा कुराहरु गर्नेगरेका थिए । म बस्ने कोठामा एक्लै भएको बेलामा आएर टासिन खोज्ने र अश्लील कुराहरु गर्न खोज्ने गरेका थिए । दिल्लीस्थित नेपाल वानको कार्यायमा परिचर रहेका उनले काठमाडौंस्थित स्टुडियोमा सुटिङ्ग गरिरहेको बेला अभद्र मजाक गर्ने र परोक्षरुपमा आमन्त्रित गर्ने कामहरु गर्ने गरेका थिए । यस विषयमा मैले सुन्दरसिहलाई पटक पटक चेतावनी दिए ।

कहिलेकाही सामान्य लेखपढ गर्न जान्ने विधुरीलाई प्रशासन र टेलिभिजनका बारेमा ज्ञान नभएको र छुद्र सास्कारका कारण यस्तो गर्नेगरेको र समयसागै सबैथोक ठीक हुने विश्वासमा चुप लागे । संस्थामा कार्यरत्त सहकर्मीहरुसाग गुनासो गर्दा उनीहरुले पनि आफूहरुले विरोध गरे पहिला धेरै साथीहरुलाई निकालिए झैं आफूलाई निकाल्ने भन्दै चुप लाग्न सल्लाह दिए । पछि म विवाहित भएपछि सुन्दर सिहले मलाई मानसिकरुपमा प्रताडित गर्न नानाथरिका उपायहरु अपनाउन थाले । उनले मलाई पटकपटक लोग्नेसागको सम्बन्धबारे चासो लिने, सुटिङ्ग नगराउने र सुटिङ्गको मिति सारेर तलब कट्टा गर्ने र सुटिङ्ग भइरहेको बेला नै रोक्न लगाउने आदिजस्ता यातनादायक कामहरु गरिरहे । नेपाल वान टेलिभिजनका प्रमुख हु भन्दै रातारात स्टार बनाइदिने प्रलोभन दिदै उनले नया नया चेलीहरुलाई सेक्सुअली एकसप्वलाइट गर्ने सुन्दर सिहले मबाट उनको अपेक्षा पुरा नभएपछि गत एक वर्षदेखि कुनै न कुनै निहुमा मलाई निकाल्ने प्रयत्न गरिरहे ।

तर म मेरो क्षमता र मिहिनेतले प्रतिकूल अवस्थामा पनि राम्रो गरिरहेकीले तत्काल मलाई निकाल्न उनको लागि सम्भव थिएन । यसबीचमा भोजपुरी चलचित्रकी एउटी सङ्घर्ष गरिरहेकी अभिनेत्रीसाग उनको अवैध साठगाठ भएपछि उनलाई नै मेरो ठाउमा ल्याउन प्रपञ्च गरेर मलाई निकाल्न नेपाल वानको दिल्ली व्यवस्थापनसाग झूठा कुरा लगाएर मलाई विस्थापित गर्न खोजेका छन् । आज म ती सबै विषयमा कुरा गर्न नेपाल वानको तीनकुनेस्थित कार्यालयमा जादा सुन्दरसिह विधुरी र उनका संरक्षक रहादैआएका क्यामरापर्सन विराज श्रेष्ठले जथानाम गालीगलौज गरेर हातपातसमेत गरेका छन् ।

सुन्दर सिहले मलाई गाली गरिरहादा मैले उनलाई केही वर्षअघि सुन्धारा क्षेत्रबाट वेश्याबृत्ति गर्दै प्रहरीले पक्राउ गरेको र नया नया चेलीहरुलाई सपना देखाएर अस्मिता लुटने गरेको बताएपछि मात्र उनी चुप लागेका थिए । सुन्दर सिहसाग मिलेर संस्थाको रकम खाने विराज श्रेष्ठले नूनको सोझो गर्न र आफ्नो हैकम देखाउन ममाथि हात उज्याएका हुन् । यी सम्पूर्ण घटनाक्रमहरुपछि मलाई कार्यालयबाट गार्ड बोलाएर निकालिएको छ ।

म नेपाली नारीहरुको अस्मिता लुटन पल्केका र कमीसनकै कारण भारतीय नागरिक सुन्दरसिहलाई सघाउने गरेका विराज श्रेष्ठलाई सेक्सुअल हऱ्यासमेन्ट, मानसिक प्रताडना र हातपात गरेका सिह र उनका मतियारलाई तत्काल पक्राउ गरी कानूनअनुसार कार्वाहीको माग गर्दछु ।

रेणुका काडेल
एन्कर
नेपाल वान टीभी
०७०।०४।१३

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।