साउन १३ । दक्षिण कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसुङले अमेरिकी मोबाइल फोन कम्पनी एप्पललाई आम्दानीमा जितेको छ ।

यो वर्ष दोस्रो त्रैमासिकमा सामसङ एक्लैले १० करोड ७० लाख थान मोबाइल फोन संसारभरका ग्राहकको हातमा पुर्याएको छ । पहिलो स्थानमा रहेको सामसङको बजार हिस्सा २७ दशमलव ७ प्रतिशत छ । दोस्रो स्थानमा आएको फिनल्यान्डको कम्पनी नोकियाले बजार हिस्सा १५ दशमलव ८ प्रतिशत ओगटेको थियो भने ६ करोड ११ लाख थान मोबाइल ग्राहकको हातमा पुर्याएको थियो । तेस्रो बनेको एप्पलले भने ८ दशमलव १ प्रतिशत बजार हिस्सा ओगट्दै ३ करोड १२ लाख थानमात्र मोबाइल आफ्ना ग्राहकको हातमा पुर्याएको थियो ।
Comments