साउन १२ । डन भनिने गुण्डागर्दीका नाइके दिनेश अधिकारी उर्फ चरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसअघि कलंकी नजिकै उनलाई गोली हानेको अभियोगमा पक्राउ परेका राधाकृष्ण भण्डारीले चरीले दिएको पेस्तोलले नै उनलाई गोली हानेको बताएपछि त्यसै अभियोगमा उनलाई पक्राउ गरेको हो ।

चरीलाई हातहतियार खरखजना ऐन अन्तर्गत हतियार कारोवार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धार्दिङबाट काठमाडौं फर्कने क्रममा दिनेश अधिकारी ‘चरी’लाई असार २१ गते राती कलंकी नजिकै गोली प्रहार गरिएको थियो । दाहिने गोली लागि घाइते भएका उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।