साउन । एलेक्सा ट्राफिक र्यांक अनुसार फेसबुक विश्वको एक नम्बरमा छ । त्यसो त सोसल नेटवर्किङ साइट फेसबुकका प्रयोगकर्ता दिनप्रति दिन बढीरहेका छन् ।
यस्तै अवस्थामा धेरैलाई लाग्न सक्छ, फेसबुक दिनमा कति मान्छेले चलाउन त ? एक अध्ययनका अनुसार विश्वमा एक दिनमा ६९ करोड ९० लाख जनाले फेसबुक चलाउने गरेको पाइएको छ ।
अध्ययनका अनुसार एक महिनामा कम्तिमा एक पटक फेसबुक चलाउने सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब १५ करोड रहेको पाइएको छ ।
यसमा अझ एउटा पक्ष के भने यसरी फेसबुक चलाउनेहरु सबैभन्दा बढी हाम्रै छिमेकी राष्ट्र भारतका रहेका छन् ।
मोबाइलबाट फेसबुक चलाउने मासिक सक्रिय प्रयोगकर्ताको संख्या ८१ करोड ९० लाख छ भने दैनिक मोबाइलबाट फेसबुक चलाउनेहरु ४६ करोड ९० लाख छ ।
पछिल्लो पटक फेसबुक चलाउनेहरुको संख्या निक्कै बढेर गएको तथ्यांकमा उल्लेख गरिएको छ ।