साउन १२ । नेपालले बंगलादेशलाई साफ यु–१६ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा ५१ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ ।

आजको जितसँगै अब नेपालले भारत अथाव अफगानिस्तानमध्ये एक देशसँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

सेमिफाइनल तय गर्नका लागि आजको खेलमा नेपालका तर्फबाट सुजन लिम्बुले पहिलो गोल गरे । दोस्रो गोल विमल घर्तीमगरले गरे। अञ्जन विष्टले तेस्रो गोल गरेपछि मध्यान्तरसम्म नेपाल ३-० को अग्रता कायम गर्न सफल रह्यो। सुजन लिम्बुले दोस्रो हाफमा फेरि एक गोल थपे भने एक गोल आत्मघाती थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।