भारतीय दलालले हामीलाई राजावादी भने : गजुरेल

साउन १२ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतीय दलालले आफूहरुलाई भारतीय दलाल भनेको बताएका छन् ।

रुपन्देहीको सुनवलमा सञ्चारकर्मीहरुसँग आफूहरुलाई राजावादी भन्नेहरु भारतीय दलाल भएको बताएका हुन् ।

सो क्रममा उनले राष्ट्रियताका लागि सबै सँग मिलेर जान सक्ने भन्ने अभिव्यक्तिलाई गलत अर्थ लगाएको भन्दै नेकपा–माओवादी राजावादी हुन नसक्ने पनि बताए ।

पत्रकारहरुसँग उनले राष्ट्रियताका लागि सबै पक्षसँग हातेमालो गरेर अघि बढ्ने भने बताए ।