पार्टी मुख्यालय पेरिसडाडाँमा प्रत्येक हप्ता हुने नियमित पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले जनताले चाहेमा राजतन्त्र स्थापना हुन सक्ने भए पनि जनताले राजतन्त्र फालेकोले राजतन्त्रको पुनस्थापनाको सम्भावना भने नरहेको बताए ।
प्रवक्ता सापकोटाले पहिला युद्धकालमा राष्ट्रपतिका रुपमा तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई मान्ने प्रस्ताव गरेपनि अब त्यो इतिहास भैसकेको भन्दै राजा मान्ने कुनै सम्भावना नै नरहेको प्रष्ट पारे ।
राजनीतिक दलहरु प्रति जनताहरु असन्तुष्ट निराश, आकोशीत र अविस्वास रहे पनि राजतन्त्र प्रति मोह नरहेको भन्दै प्रवक्ता सापकोटाले राजतन्त्रको पक्षमा जनताको कुनै गुन्जायस नै नरहेको दाबी गरे ।
अर्को प्रसंगमा प्रवक्ता सापकोटाले यतिवेला राष्ट संकटमा रहेको भन्दै राष्ट्रियताको सवाल पनि गम्भीर भएर आएको औल्याउदै राष्टियताको रक्षाको लागि निर्वाचनको माध्यमबाट निकास निकाल्नु पर्ने आवश्यकता रहेको बताए ।
प्रवक्ता सापकोटाले देशभरि आफू र अरु राजनीतिक दलको अवस्था बुझ्न चुनावी अभियान शुरु गरेको पनि बताए । यसका लागि आन्तरिक तयारी भइरहेको र साउन १५ गते औपचारिक घोषणा हुने उनको भनाई छ ।
नेकपा माओवादीले निर्वाचन बहिस्कार गर्नु उसैको लागि आत्माघाती भएको भन्दै प्रवक्ता सापकोटाले सस्तो लोकप्रियताका लागि सांकेतिक मत पेटिका फुटाएको बताए
उनले माओवादीको निर्वाचन विरोधी गतिविधि जनविरोधी भएको भन्दै त्यस्तो चटकबाजी जस्तो प्रचारवाजी नगर्न सुझाव पनि दिए ।