साउन १२ । नेपाली काङ्ग्रेस केन्द्रीय समिति नीति तथा प्रशिक्षण प्रतिष्ठानले आजदेखि कार्यकर्ता प्रशिक्षक कार्यक्रम सुरु गर्ने भएको छ ।
मङ्सिर ४ को संविधानसभाको चुनावमा ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा जनतालाई पार्टी को नीति तथा कार्यक्रमका बारेमा सुसूचित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको काङ्ग्रेसले बताएको छ ।
३ दिन सम्म चल्ने प्रशिक्षणमा नेपाली काङ्ग्रेसको दृष्टिकोण, काङ्ग्रेस र अरू दलह रूबीचको भिन्नता तथा भावी निर्वाचन तयारी समसामयिक राजनीतिक सवालहरूमा र नयाँ संविधानको विषयवस्तुबारे पनि सहभागीहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।
केन्द्रीय कार्यालय सानेपामा हुने प्रशिक्षणमा तीन सय जना नेता कार्यकर्ताको उपस्थित रहने नेपाली काग्रेशले बताएको छ ।
Comments