साउन १२ । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता अर्ध भूमिगत भएको भन्दै सरकारले उनलाई निगरानीमा राख्न आदेश दिएको छ ।

मधेसका पाँच शीर्ष नेतालाई अपराधी भन्दै वक्तव्य जारी गरेको केही दिनपछि गुप्ता भूमिगत भएको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

तराईका सशस्त्र समूहसँग सहकार्यमा रहको आशंकामा प्रहरीले पनि उनीमाथि निगरानी बढाएको पनि खबरमा उल्लेख छ ।

भ्रष्टाचारको आरोपमा जेल सजाय भोगेर रिहा भएलगत्तै उनले तराईका सशस्त्र समूहका नेतासँग सम्पर्क गरेको बताइन्छ ।

सशस्त्र समूहको नेता जयकृष्ण गोइतलाई उनले भारतमा भेट गरेको स्रोतको दाबी छ भने त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिन छाडेको खबरमा उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।