सञ्चिता घिमिरे 
साउन १२ ।  विदेशमा दुःख गरेर कमाएको रकमले स्वदेश फर्किएपछि परिवारसँग रमाइलो गर्ने चाहना बोकेर घर फर्किने थुप्रै युवाहरू यतिबेला नरेश र रमेशकै नियति भोगिरहेका छन् । पछिल्लो पटक मलेसियाबाट फर्कनु एक साताअघि नरेशले आफुले कमाएको सबै रकम श्रीमतीलाई पठाए । उनले नेपाल आउनुभन्दा अघिल्लो दिन घरमा फोन पनि गरे । फोनमा श्रीमतीले ‘तीन–चार दिन काठमाडौंमा बसेर आउँदा हुन्छ’ भन्ने जवाफ दिइन् ।

तर, नरेशलाई के थाहा, प्राणभन्दा प्यारी श्रीमतीले अर्को राजकुमार रोजिसकिन् भन्ने । डेढ वर्षकी छोरी छाडेर विदेश गएका नरेश घर फर्कंदा न श्रीमती घरमा थिइन्, न त छोरी नै । सात महिनाकी गर्भवती उनले छिमेककै भतिजा भन्दै आएको आफुभन्दा तीन–चार वर्ष कम उमेरका पुरुषसँग विवाह गरेकी छन् ।

पछिल्ला दिनमा आले मेहनत गरी कमाएर पठाएको ४ लाख रुपैयाँ र छोरी फर्काउन माग गर्दै नरेश हिजोआज दैनिक महानगरीय प्रहरी परिसर ललितपुरको महिला सेल धाइरहेका छन् । नरेशको झन्डै सात वर्षअघि प्रेमविवाह भएको थियो । एउटै गाविसमा घर रहेकाले नरेशको तीनबर्से प्रेम सम्बन्ध विवाहमा परिणत भएको थियो । छोरी डेढ वर्ष भएपछि आङ्खना बाबुलाई श्रीमती र छोरीको जिम्मा लगाएर उनी वैदेशिक रोजगारीमा गएका थिए । श्रीमती पनि गाउँकै एउटा विद्यालयमा कार्यरत रहेको महिला सेलमा कार्यरत प्रहरीहरू बताउँछन् । फोनमा दैनिक कुरा हुने र पैसा पनि नियमित पठाएकाले सम्बन्धमा कुनै किसिमको समस्या नभएको नरेशले बताउँदै आएका छन् । ‘घर फर्कनुअघिका दिनमा पनि सधैंजस्तो सामान्य कुराकानी नै भएको थियो,’ उनको भनाइ उद्धृत गर्दै परिसरका एक प्रहरीले भने ।

घर आइपुगेपछि श्रीमतीको खोजी गर्दै आएका उनले फोनका आधारमा श्रीमती ललितपुरमा भएको पत्तो लगाए र प्रहरी कार्यालयमा उजुरी हाले । इमाडोलमा अर्कै पुरुषसँग बस्दै आएकी आङ्खनी श्रीमतीलाई नरेशले फेला पारे पनि उनीहरूको मुद्दा भने मिलिसकेको छैन । यस्तै, रमेशको पनि पीडा उस्तै छ । काभ्रे घर भएका उनी सात÷आठ वर्षसम्म कतारमा बसेर अघिल्लो महिना मात्र स्वदेश फर्किएका हुन् । रमेश विदेशबाट आएको झन्डै १६ दिनपछि उनकी श्रीमती घरको लालपुर्जा, सुनका सबै गरगहना, बैंकमा रहेको नगदसहित बेपत्ता भएकी थिइन् । केही दिनअघि छोरी लिएर हिँडेकी उनले अर्को विवाह गरिसकेको सेलमा कार्यरत महिला प्रहरीहरू बताउँछन् । फर्कंदा सामान किनेर बाँकी रहेको रकम श्रीमतीका नाममा पठाएका रमेशसँग अहिले नगद र जिन्सी दुवै छैन । ‘भाडा तिर्नसमेत पैसा नभएकाले रमेश लुभुबाट जाउलाखेलसम्म पैदलै आउने गरेका छन्,’ सेलमा कार्यरत एक महिला प्रहरीले राजधानीसँग भनिन् । अहिले ती महिलाले श्रीमान् रमेशलाई विभिन्न कारण देखाएर उल्टै धम्क्याउँदै आएकी छन् । कतारको एक निजी कम्पनीमा कार्यरत रमेशले त्यहाँबाट भागेर अर्को कम्पनीमा काम गरेदेखि नै आपूmले राम्रो आम्दानी गर्न थालेको बताए । आफु कतार गएको केही समयमै गाउँमा काम धेरै हुन्छ भनेर उनले श्रीमतीलाई काठमाडौंमा ल्याएका थिए । विदेशमा कमाएको पैसाले उनले लुभुमा तीन तलाको घर बनाए ।

बीचमा एक पटक आउँदा किनेको घर उनको नाममा थियो भने बाँकी रकम श्रीमतीको नाममा बैंकमा जम्मा गरेका थिए । दाजुभाइले अंशबन्डाका लागि बोलाउन थालेदेखि नै उनकी श्रीमतीले आङ्खनो नाममा सम्पत्ति राख्नुपर्ने अडान राख्न थालिन् । ‘यो घर पनि दाजुभाइले बाँड्न लगाउँछन् भन्दै उनले आङ्खनो नाममा गर्न मागिन्,’ उनले भने, ‘आएको दुई हप्तापछि नै घर उनको नाममा गरिदिएँ ।’ घर पास गरेको दुई दिनपछि ‘लगनखेल पुगेर आउँछु’ भन्दै घर छाडेकी उनी अहिलेसम्म नफर्किएको रमेशले प्रहरीलाई बताएका छन् । महिला पीडित र पुरुष पीडक हुन् भन्ने नेपाली समाजमा स्थापित सोच यस्ता घटनाले गलत साबित हुन थालेको छ । पछिल्ला वर्षमा महिला हिंसाका घटनामा ह्वात्तै वृद्धि भएको छ ।

। रमाइलो कुरा त के छ भने यसरी विदेश गएका पुरुषका श्रीमतीसँग दोस्रो विवाह गर्नेमा अधिकांश अविवाहित पुरुष छन् । उनीहरू महिलाको भन्दा कम उमेरका हुने गरेका र रोजगारी नहुने युवा बढी पाइएको खड्का बताउँछिन् ।

यसरी अर्को पुरुषसँग विवाह गर्नेमध्ये थोरैले मात्र श्रीमान् गएको केही समयमै विवाह गरेको पाइएको उनले जानकारी दिइन् । ‘अधिकांश महिलाले श्रीमान् आउनुभन्दा केही दिनअघि मात्र वा आएको केही दिनपछि अर्को विवाह गरेको पाइएको छ,। श्रीमान्ले अन्तिम पटक पठाएको रकम र सबै सम्पत्ति लिएर महिलाहरू भाग्ने गरेको उनले बताइन् ।राजधानी दैनीकले छापेको छ

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।