
प्रभात पसखलको फार्ममा पालिएका ९५०० कुखुरामा बर्डफ्लु लागेपछि ५५०० मरेर बाँकी भएका चार हजार ५०० नष्ट गर्न थालिएको पशुसेवा कार्यालय भक्तपुरले बताएको छ ।
कुखुरा नष्ट गर्न पशुसेवा निर्देशनालय त्रिपुरेश्वर र भक्तपुर पशुसेवा कार्यालय भक्तपुरका प्राविधिक टोली खटिएका छन् । मरेका र मारिएका कुखुरा गाड्न स्काइभेटरसमेत लगिएको छ ।