काठमाडौँ, १६ कात्तिक । दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको छ ।

उक्त उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि परेको हो ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहिबार बेलुका ८ः३० बजेसम्मको विवरणअनुसार, प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी जम्मा ३३४ महिलाको उम्मेदवारी परेको सूचना प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । निर्वाचनमा नेकपा एमाले र माअाेवादी केन्द्रले तालमेल गरेर उम्मेदवारी दिएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।