साउन ११ । पोखरामा एक गेष्ट हाउसमा तनहुँ दुलेगौंडाकी १९ बर्षीया रुपा मगरले स्याङजाका २० बर्षीय त्रिलोचन शर्मालाई खुकुरी प्रहार गरी आफूले पनि आत्महत्या गरेकी छन् ।

उपहार दिने भन्दै आँखा बन्द गर्न लगाएर युवकको टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएर युवतीले आत्महत्या गरेकी हुन् ।

दुवैजना बिहीबार दिउँसो अशोक गेष्ट हाउसमा पुगेर चिसो मगाएर खाएका थिए । तर त्यसको केही समयपछि नै युवक शर्माले आफूलाई खुकुरी हानेको भन्दै निस्किएका थिए ।

तर पछि प्रहरी आएर हेर्दा कोठामा चुकुल लगाएको अवस्थामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।