साउन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले तोकिएको मितिमा चुनाव हुन नसके राजावादी र माओवादीबीच सहकार्य हुने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेकपा–माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरुद्ध हुने ठोकुवा समेत गरे ।

सो क्रममा उनले राष्ट्रियताको रक्षाको लागि राजा र माओवादीसहित सबै राष्ट्रबादी शक्तिहरुवीच सहकार्यबाट आन्दोलन हुने र त्यसलाई कसैले पनि रोक्न नसक्ने समेत बताए ।

नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य, सचिवहरु नेत्रविक्रम चन्द्र र देब गुरुङसँग आफ्नो भेटवार्ता भएको र अहिले पनि नियमित सम्पर्क भईरहेको समेत उनले उल्लेख गरे ।

थापाले राजा र माओवादी मिलेर जानु पर्छ भनि प्रस्ताव राख्ने पहिलो ब्यक्ति पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराई नै भएको पनि बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।