साउन ११ । संयुक्त राष्ट्र संघका  प्रमुख वान की मुनले ईजिप्टमा सेनाद्धारा हटाइएका  राष्ट्रपति मोहम्मद मुर्सी  र मुस्लिम ब्रदरहुडका  नेता  कार्यकर्तालाई  रिहा गर्न आह्वान गरेका छन ।

गत जुलाई ३ मा  सेनाले मुर्सी  र मुस्लिम ब्रदरहुडका  नेताहरुलाई हिरासतमा लिएको  थियो ।

   हिरासतमा लिएपछि  मुर्सीका समर्थकहरुले  ईजिप्टमा लगातार बिरोध प्रर्दशन  गर्दै  आएका  छन ।  यसै गरी  महासचिव वानले  प्रर्दशन गर्नेलाई सम्यम र  शान्तिपुर्ण  तरिका अपनाउन आह्वान गरेका छन । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।