साउन ११ । चुरेभावरका नेता भूमि निरौलालाई नेकपा-माओवादी सम्बद्ध राष्ट्रिय युवा जनस्वयंसेवक व्युरोले सामाजिक कारबाही भन्दै अनुहारमा कालो मोसो दलिदिएको छ ।

शुक्रबार बिहान काठमाडौँ तिनकुनेस्थित कान्तिपुर पब्लिकेशन अगाडी उनलाई कालो मोसो दलिएको हो ।

मोटरसाइकलमा रहेका उनी सुरुमा भाग्न खोजेपनि ब्यूरोका कार्यकर्ताले अठ्याएर कालोमासो दलेर छाडेका थिए । त्यसरी कालो मासो दल्नेहरुमा उनले पैसा हिनामिना गरेका पीडितहरु पनि थिए ।

ब्यूरोले अहिले सामाजिक कारबाही मात्रै गरेको र अब निरौला लगायत जो जसले गल्ति गरेमा पनि जनकारबाही थालिने बताएको छ ।

निरौला भुमाफिया, दलाल र विभिन्न किसिमका विकृतिमा संलग्न भएकाले उनिमाथी सामाजिक कारवाही गरिएको राष्ट्रिय जनस्वयंसेवक व्युरोले बताएको छ ।

पुर्व क्षेत्रको इटहरी, काठमाडौ उपत्यका, चितवन, महोत्तरी लगायतका क्षेत्रमा उनले भुमाफियाको काम गरेको तथा चेलिवेटी बेच विखनमा समेत उनी संलग्न रहेकाले उनीलाई सामाजिक कारबाही गरेको जनस्वयंसेवकका जन्मदेव जैसीले हेलोखबरलाई बताए ।

निरौलाले शक्तिविलास निरौलासँग ४ लाख, सुरेन्द्र कुटवालको २ लाख ८० हजार, तारा निरौलाको २५ लाख ७६ हजार १ सय ६०, उद्धव पोखरेलको २ लाख ५० हजार, रवि विक्रम शाहको २ करोड, सन्तुराम भट्टराईको ६ लाख ५० हजार हिनामिना गरेको आरोप छ ।

कारबाहीपछि राष्ट्रिय जनस्वयसेवक ब्यूरोले यस्तो वक्तव्य जारी गरेको छ:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।