साउन ११ । रौतहटको विश्रामपुर गाविस नजिकै वन क्षेत्रमा आज बिहान वन तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ ।

वृन्दावन रेञ्जपोष्ट अन्तर्गतको वनमा सर्लाही जिल्लाबाट हतियारसहित आएका काठ तस्करहरुले वन रक्षकको टोलीलाई देख्नासाथ गोली चलाएपछि वन रक्षक टोलीले समेत जवाफमा  गोली चलाएको बताइएको छ ।

काठ तस्करबाट सात राउन्ड र वन गस्ती टोलीले ६ राउन्ड गोली चलाएको जिल्ला वन कार्यालयले जनाएको छ । दोहोरो गोली हानाहानमा मानवीय क्षति नभएको समेत  जिल्ला वन कार्यालयले जनाएको छ ।

काठ तस्करले  छाडेको  सात थान गोलिया वन गस्ती टोलीले बरामद गरेको वन अधिकृत बाबुराम भण्डारीले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।