साउन ११ । नेकपा–माओवादीका महासचिवरामबहादुर थापाले सरकारले साँच्चिकै शान्तिपूर्ण ढ्गले सम्झौता र संवाद चाहेको भए आफूहरू निःशर्त वार्ता गर्न तयार रहेको बताएका छन् ।

नेकपा–माओवादीद्वारा रत्नपार्कस्थित शान्ति बाटिकामा बिहीबार आयोजित निर्वाचन बहिष्कारसभालाई सम्बोधन गर्दै उनले सर्तसहित वार्तामा आह्वान गरिनु षड्यन्त्रपूर्ण भएको बताए । राजनीतिक ढ्गमा समस्याको समाधान खोज्न निःशर्त वार्ता हुनुुपर्ने उनको भनाइ थियो ।

बहिष्कार आन्दोलनलाई सुगौली सन्धियता अग्रजहरूले सुरु गरेको स्वाधीनता आन्दोलनको निरन्तरता हो भन्दै उनले राष्ट्रिय स्वाधीनताको आन्दोलन गाउँसम्म लैजाने उद्घोष गरे ।

सो क्रममा उनले बहिष्कार आन्दोलनको सुरु गर्न मतपेटिका फुटाएका थिए ।

बिहीबार देशका ७५ वटै जिल्लामा सुरु गरिएको बहिष्कार अभियान  सबै निर्वाचन क्षेत्र, गाविस र मतदान केन्द्रमा लगिने सो पार्टीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।