साउन ११ । फस्ट टाइम इन नेपाल भन्ने नारा बोकेको वाईफाई इन्टरनेट सेवा प्रदायक ब्रोडलिंकको सेवा शुक्रबार बिहानभरी नै नचल्दा सेवाग्राहीले हैरानी बेहोर्नु परेको छ ।
शुक्रबार बिहान ८ बजे एक पटक इन्टनेट चलेको भएपनि त्यसपछि भने पुनः सेवा अवरुद्ध हुन पुगेको छ ।
के कारणले भनेर हामीले कार्यालयको टोल फ्री नम्बरसहित अन्य ३ वटामा सम्पर्क गर्न खोज्दा फोन उठेन । कम्पनीले बिहान ८ बजेदेखि कम्पनी खुल्ने बताएको छ ।
ब्रोडलिंकका एक सेवाग्राहीले बिहानभरी नै १६६००१२१०००, ५५३०२०, ५५३०२१, ५५३०२२ मा सम्पर्क गर्दा फोन बिजी मात्रै भएको र कुनै बेला लागेपनि नउठेको गुनासो सुनाए ।
ब्रोडलिंकको सेवा अरु समयमा नि चल्दाचल्दै बिचबिचमा कनेक्सन फेल हुने गरेको यसका सेवाग्राहीहरुको गुनासो रहँदै आएको छ ।

अझ पछिल्लो पटक इन्टरनेट सञ्चालन गर्न यसको बेवसाइटमा गएर युजर नेम र पासपोट हान्ने ठाउँमा परिवर्तन गरेपछि झनै ग्राहकहरु अलमलमा परेका छन् ।
पहिले युजरनेम पासपोर्ट हान्ने ठाउँमा इन्टरनेट लगिन कि एकाउन्ट लगिन भन्ने  आउँथ्यो, तर अहिले नयाँ परिवर्तन गरिएकोमा एकाउन्ट लगिन भन्ने मात्रै आउँछ बिचमा नेट कनेक्सन गर्नुपर्यो भने त्यसबाट नमिल्ने बनाइएको छ बानेश्वरमा बस्दै आएका रविन्द्र अधिकारीले भने बिच बिचमा नेट जाने भएकाले एकाउन्टमा गएर लगआउट गरेपछि चल्ने गर्दथ्यो अहिले त त्यो पनि छैन, कसरी हो भनेर खोज्दा नि भेटिएको छैन, फोन गर्दा उठ्दै उठ्दैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।