साउन  ११। जन्मजात बोल्न र सुन्न नसक्ने एक महिलामाथि उनकै भतिजोसहितका ३ युवाले सामूहिक बलात्कार गरेका छन् । बलात्कारले युवती घाइते भएकी छन् ।

रूपन्देही, पश्चिम अमुवाकी २८ वर्षकी महिलामा आफ्नै घरमा बलात्कृत
भएकी हुन् । भतिजा १८ वर्षिय वसन्त रेग्मीसहितका स्थानीय ३ युवाले गत शनिबार साँझ योजनाबद्ध ढंगले बलात्कार गरेका थिए । सासू र दुई छोराछोरीसहित बस्ने ती महिलासँग त्यस साँझ घरमा नाबालक छोरामात्र थिए ।

शारीरिक अक्षमताको फाइदा उठाउँदै बलात्कारको योजना पनि वसन्तले नै बनाएका थिए । उनले साथीहरू सागर सुनार र प्रेम विकलाई बोलाएर बलात्कारमा सहभागी गराएका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार शनिबार साँझको खानापछि ८ बजेतिर महिलाकी सासू धान रोप्ने खेताला खोज्न छिमेकीको घर गएकी थिइन् । पटक पटक बलात्कारको योजना बनाए पनि सफल नभएका वसन्तले शनिबार साँझदेखि नै उनको घरमा चियो गरेका थिए । कातिपुरमा खबर  रहेको छ ।

बोल्न-सुन्न नसक्ने ती महिला बाहिर निस्कन खोजेपछि वसन्तले पैसा दिएर विरोध नगर्न इसारा गरेका थिए । त्यो पनि नमानेपछि उनले दुई जना युवालाई कोठामा बोलाएका थिए । त्यसपछि तीनै जना युवाले समातेर महिलामाथि जबरजस्ती गरेका थिए ।

पीडित महिला हाल माइती नेपाल रूपन्देहीको संरक्षणमा छिन् । माइती नेपालकै पहलमा महिलाले बलात्कारमा संलग्न तीनै जनाविरुद्ध उजुरी दर्ता गराएको माइती नेपाल जनाएको  छ  ।  पीडितको उजुरीअनुसार प्रहरीले बलात्कारमा संलग्न तीनै जनालाई पक्राउ गरेकोछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।