साउन । गएको जनवरीमा आमा बनेकी चर्चित कालम्बियाली गायिका साकिरा पुनः निक्कै कामुकताका साथ देखा परेकी छन् ।
सन् २०१० को विश्वकप फुटबलको विश्वकप गीत गाएर विश्वभर चिनिन पुगेकी उनी पछिल्लो पटक अमेरिकाको हवालीस्थित समुन्द्री तटमा आफ्नो छुट्टी मनाउन पुगेकी थिइन् ।
सो क्रममा उनलाई फोटो पत्रकारहरुले छोड्दा पनि छाडेनन् । पत्रकारहरुको क्यामेरामा कैद भएका तस्वीरहरु हेर्दा उनी निक्कै कामुकता झल्काउने पहिरनमा छिन् ।
सो क्रममा आफ्ना प्रेमी तथा स्पेनिस फुटबल क्लब बार्सिलोनाका खेलाडी जेरार्ड पिक्युका साथमा साकिरालाई दुई छुट्टाछुट्टै विकिनीमा देखिएको छ । स्लिम जिउडालकी यी गायिका साकिरालाई क्यामेरामा निक्कै स्लिम पनि देख्न सकिन्छ ।
Comments