साउन । हुन त कुनै प्रतियोगिताहरुबारे सुन्दा नि लाज र हाँस उठ्ने खाले हुन्छन् । अमेरिकामा पनि त्यस्तै खालको एउटा प्रतियोगिता भएको छ ।
अमेरिकामा केही दिन अघि सम्पन्न लिंग छोटो भएका पुरुषहरुबीच भएको प्रतियोगितामा २७ वर्षका निक गिलरोनानले उपाधी उचाले ।
इभिनिङ वेयर, स्विमस्विट तथा ट्यालेन्ट शो जस्ता विभिन्न चरण राखिएको उक्त प्रतियोगितामा पाँच जना प्रतिस्पर्धीले कस्साकस्सी गरेका थिए ।
त्यसरी कस्साकस्सी गर्नेहरुममा श्रीमतीसँग डिभोर्स गरिसकेका ५५ वर्षका रिप भान डिंकल, ३२ वर्षका सुगर ड्याडी, ३५ वर्षका पेरी विंकल, २७ वर्षका निक गिलरोनान लगायत रहेका थिए ।
तर सबैलाई पछि पार्दै युपिएस स्टोरमा कार्यरत निक गिलरोनान उपाधी जितेका हुन् । विजेताको लिंग ३ इन्च लामो छ ।
लिंग छोटो भएका पुरुषहरुमा हिनताबोध हुने भएकाले त्यस्तो हिनताबोध हटाएर पुरुषहरुमा आत्मविश्वास बढाउन यस्तो प्रतियोगिता गरिएको आयोजकको भनाई छ ।
यस्तै छोटो लिंग प्रतियोगिताका विजेताले पनि उपाधी जितेसँगै छोटो लिंगको पंशशा समेत गरे । सो क्रममा उनले लिंग छोटो हुँदैमा यौन सम्बन्धमा कुनै असर नपर्ने समेत बताए ।