साउन १० । नेकपा-माओवादीले आजबाट संविधानसभा चुनाव बहिस्कार अभियान सुरु  गरेको छ ।

 यथास्थितिको चुनाव बहिस्कार गर्ने पोखरा  महाधिवेशन बैठकको निर्णय अनुसार माओवादीले आज बाट ७५ वटै जिल्लमा  एकसाथ आसमभा गरेर चुनाव बहिस्कार आन्दोलन सुरु गर्न लागेको बताएको छ ।

 माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार आज  दिउँसो २ बजेपछि रत्नपार्क शान्तिबाटिकामा हुने बहिस्कारसभालाई महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्नै बताइएको छ ।

 भने भक्तपुरमा हुने सभालाई सचिव नेत्रविक्रम चन्द विप्लव र ललितपुरको लगनखेलमा हुने सभालाई अर्का सचिव देव गुरुङले सम्बोधन गर्ने बताइएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।