साउन १० । मधेसी जनअधिकार फोरम नेपालका जिल्ला सदस्य प्रकास शाहमाथी गोली प्रहार भएको छ ।


भारतीय मोटर साइकलमा आएका दुई जना मध्ये एक जनाले जलेश्वरको खएराचोकस्थित कार्यालयमा गोली प्रहार  गरी फरार  बताइएको छ ।  साहको बायाँ पाखुरामा गोली लागेको छ । घाईते शाहको जनकपुर अञ्चल  अस्पतालमा उपचार हुदै  गरेको  प्रहरीले  जनाएको छ ।

गोली प्रहार गर्नेहरु गोली प्रहार गरी  भारतीय सीमातर्फ भागेको  घटनाको थप अनुसन्धान र अपराधीको खोजी कार्य तिब्र पारीएको  प्रहरीले जनाएको छ ।

घटनाको जिम्वेवारी जनतान्त्रिक तराइ मुक्ति मोर्चा राजन समुहले घटनाको जिम्मेवारी लिएको  छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।