साउन १० । नारायणी नदीमा पानीको सतह बढेपछि खतराको घण्टी  दिइएको छ ।

जल तथा बाढी मापन केन्द्र अनुसार अहिले पानीको सतह ८ दशमलव ५१ मिटर पुगेको छ । नारायणी नदीमा पानीको सतह बढेर ८ मिटर पुग्ने वित्तिकै खतराको मानिन्छ ।

नारायणिमा  पानीको बहाव तीन दिनअघिको तुलनामा झण्डै तेब्बरले बढेको छ । कालीगण्डकी र त्रिशुली नदीमा पनि पानीको बहाब बढेका कारण नारायणीमा बहाब  बढेको हो ।

 पानीको सतह वढेपछि नवलपरासी गैंडाकोटको वस्ती डुवानमा परेको छ । डुवानमा  परेका घरका सामानहरुलाई सुरक्षित स्थानमा लाग्ने कार्य जारी  राखिएको छ ।

नारायणीको बढेपछि पश्चिम चितवनका गाविसमा प्रभाव पर्नसक्ने खतरा  बढेको छ । यस सगै  जिल्ला विपद् व्यस्थापन समितिले नदी किनारका वासिन्दालाई सतर्क अवस्थामा  रहन माइकिङ सुचना  गरीरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।