विना तार चार्ज हुने टेबलेट नेक्सस ७ लन्च

असार १० । गुगलले आफनो  टेबलेट नेक्सस ७

को  नयाँ संस्करण लन्च गरेको छ ।

यसको मुख्य विशेषता भनेको  विना तार  कनेकसन  चार्ज  हुने  कम्पनीले जनाएको छ ।

सात इन्च स्क्रीनको यो ट्याब  पाँच मेगापिक्सल क्यामरा पनि रहेको छ ।

गुगलका  अनुसार  यस ट्याबबाट एक पटक  चार्ज  गरेपछि ९ घण्टा सम्म भिडियो  हेर्न सकिने बताएको छ ।

यो ट्याब  सैन फ्रान्सिस्कोमा एक  कार्यत्रममा  लन्च गरिएको  थियो यो ट्याबमा स्क्रीनको  रेजोल्युशन बढाइएको छ र  पिक्सल दुई गुना  राखिएको कम्पनिले जनाएको छ । यसको  मुल्य  जम्मा २२९  डलर पर्ने  जनाइएको   छ ।