असार १०  ।राजनीतिक दलमाथिको प्रतिवन्ध फुकुवालगतै ०३६ मा केन्द्रीय कार्यालय खोलेको नेपाली काँग्रेस अहिले ललितपुर सानेपास्थित जिपीनगरमा आफ्नै भव्य भवनमा केन्द्रीय कार्यालय रहेको छ ।  २८ रुमको  तीनतले उक्त भवन भने प्राय सुनसान  हुने गरेको छ , ।

बाटोसहित ६ रोपनी ८ आना क्षेत्रफलमा निर्मित सो भवन प्रयोगविहिनझैं छ । ११ हजार ४ सय फिट ओगटेको भवनमा तीन हल, पुस्तकालय, चमेनागृह, प्रेस कोठाबाहेक २८ कोठा छन् । सभापति र पदाधिकारीका लागि अलग अलग कार्यकक्ष छन् ।जिल्लाबाट बेलाबेला आइपुग्ने कार्यकर्ता र कर्मचारीबाहेक पार्टी कार्यालयमा नेता–कार्यकर्ता बिरलै झुल्किन्छन् ।
नागरिक दैनिकले समाचार  लेखेको छ ।

पार्टीलाई संस्थागत रुपमा अघि बढाउने उद्घोष गरेका सभापति सुशील कोइराला नै पार्टी कार्यालयमा भन्दा घरमै रमाउँछन्। असार ११ यता उनी कार्यालय गएकै छैनन्। महाराजगन्जस्थित उनको निवासमा भने बिहानैदेखि नेता–कार्यकर्ताको भिड लाग्छ। प्राय उनी बिहान ७ देखि ११ बजेसम्म घरमै कार्यकर्ता र शुभेच्छुक भेट्छन्।

सभापतिलगायत अधिकांश नेताले कार्यालय प्रयोग गर्न छाडेपछि कार्यकर्ता पनि त्यहाँ जान छाडेका छन् । जिल्लाबाट आउनेहरु पनि कार्यालयमा नेता नभेटिएपछि सोध्देखोज्दै नेताको घरमै पुग्ने गरेका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।