साउन ९ । जिल्ला सदरमुकामदेखि लगभग २० कोस टाढा किम्री गाविस वडानं–४ कार्तिगाउँमा आज बिहान घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएकी छिन् ।

मृत्यु हुनेमा तोर्चे लामाको पत्नी ५२ वर्षीय छिरिङ साङ्ग्य लामा हुन् भने घाइते हुनेमा मृतककी सासु ८० वर्षीय सोनाम लामा रहेको कार्ति गाउँबाट फुन्जेरु लामाले बताएका छन् ।

गत रातभर भएको भारी वर्षाका कारण घर भत्किएको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।