दुर्घटनामा दुईको मृत्यु, १८ घाइते

साउन ९ । झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा दुईको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

सुरुङ्गा प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा दमक–१० की ३५ वर्षीया गङ्गा सापकोटा र सुनसरीका भरौल–३ का ४३ वर्षीय शिशिर लिम्बू रहेका छन् ।

मृत्यु हुने सापकोटाको बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा र लिम्बूको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकबाट काँकडभिट्टातर्पm जाँदै गरेको मे १ ख १२९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा सो दुर्घटना भएको चौकीका प्रहरी नायब निरीक्षक मदन मैनालीले जानकारी दिए ।

दुर्घटनामा अन्य घाइतेको बिर्तामोड, दमक र न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको जनाइएको छ ।