साउन ९ । नेकपा माओवादीले महोत्तरी जिल्लाको ३५ बिगा जमिनमा झण्डा गाडेर कब्जा गरेको छ ।

महोत्तरीको फुट्टापिपराडी गाविसस्थित फुलवारियाको ललित सिंहको कब्जा माओवादीले कब्जा गरेको हो ।

यसअघि तत्कालित एनेकपा माओवादीले जग्गा फिर्ता गर्ने क्रममा उक्त जग्गा व्यापक रुपमा किनबेच तथा दलालीकरण गरिएको पाइएकाले जग्गा कब्जा गरेको माओवादी नेता हरिकृष्ण गजुरेलले हेलोखबरलाई बताए ।

सयौँ संख्यामा त्यहाँ पुगेका माओवादीका नेता तथा कार्यकर्ताले जग्गामा झण्डा गाडेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।