साउन ९ । कीर्तिपुरस्थित कीर्ति महिला छात्रावासमा बस्दै आएकी २० वर्षीया एक युवतीले आत्महत्या गरेकी छन् ।
ओखलढुङ्गा घर भई २०६९ मङ्सिरदेखि उक्त छात्रावासमा बस्दै आएकी दीपा दाहालको शव छात्रावासको कोठामा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो ।
हाल मङ्गल बहुमुखी क्याम्पस कीर्तिपुरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत उनको साथमा मृत्यु पत्र (सुसाइड नोट) पनि फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी गराए ।
Comments