साउन ९ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एक मात्रै जिवित रहेका नरबहादुर कर्माचार्य पनि रहेनन् । लामो समयदेखि जण्डिस रोगबाट थलिएका उनको ९० वर्षको उमेरको आज निधन भएको हो ।
गत असार २४ गते अस्पताल भर्ना भएका कर्माचार्यको काठमाडौंको बाजबजारस्थित मोडल अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजेर ६ मिनेटमा निधन भएको हो ।
ललितपुर कुम्भेश्वरका स्थायी बासिन्दा कर्माचार्यले २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठसँग मिलेर भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
कर्माचार्य पछिल्लो पटक एकीकृत नेकपा माओवादीका संरक्षक थिए ।
उनको निधनपछि एकीकृत माओवादी अध्यक्ष, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीलगायतका माओवादी नेताहरु मोडल हस्पिटल पुगेका छन् ।
कर्माचार्यप्रति हेलोखबर परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
Comments